Government of Nepal Logo
Government of Nepal Logo
Gandaki Province Government

Ministry of Physical Infrastructure Development

Road, Bridge and Provincial Building Office

Pokhara
Gandaki Province Government

Ministry of Physical Infrastructure Development

Road, Bridge and Provincial Building Office

Government of Nepal Flag
Low Bandwidth Invert Color A- A A+

Office Introduction 2082-10-27

 

सडक, पुल तथा प्रादेशिक भवन कार्यालय

गण्डकी प्रदेश

नेपालको संविधान २०७२ ले परिकल्पना गरेको संघीय शासन प्रणालीअनुसार प्रदेश सरकारको संरचना सुदृढ गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८२/०४/२६ को निर्णय बमोजिम साविकको पूर्वाधार विकास निर्देशनालय, गण्डकी प्रदेश र शहरी विकास तथा भवन कार्यालय, कास्की एकीकृत गरी सडक, पुल तथा प्रादेशिक भवन कार्यालय स्थापना गरिएको हो।

यस कार्यालयले प्रदेश सरकार मातहत रहेर सडक, पुल तथा भवन क्षेत्रका कार्यक्रमहरूको योजना, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्यांकन गर्ने मुख्य जिम्मेवारी वहन गर्दछ। विशेष रूपमा प्रदेश रणनीतिक तथा विशेष महत्वका सडक, पक्की पुल र झोलुङ्गे पुल निर्माण तथा मर्मतसम्भार, प्रदेश सरकारका भवन तथा आवासीय संरचनाको निर्माण, सञ्चालन र संरक्षण, साथै सुरक्षित, दिगो र व्यवस्थित सहरी तथा प्रादेशिक पूर्वाधार विकास यस कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ।

साविकका कार्यालयहरूबाट सम्पादन हुँदै आएका कार्यहरूलाई एउटै संस्थागत संरचनाभित्र एकीकृत गरी दोहोरिने प्रक्रिया हटाउने, स्रोत साधनको अधिकतम उपयोग गर्ने र निर्णय कार्यान्वयनलाई छरितो बनाउने लक्ष्यसहित यो कार्यालय गठन गरिएको हो। यस कार्यालयले मातहतका निकायहरूसँग समन्वय गर्दै भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयसँग नीतिगत पुलको भूमिका निर्वाह गर्दछ।

प्रदेशको समग्र विकासमा योगदान पुर्‍याउने, सुरक्षित पूर्वाधार निर्माणलाई प्राथमिकता दिने र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धतासहित  सडक, पुल तथा प्रादेशिक भवन कार्यालय गण्डकी प्रदेशमा क्रियाशील रहेको छ।

 

विस्तृत काम तथा कर्तव्य

सडक, पुल तथा प्रादेशिक भवन कार्यालयको मुख्य दायित्व दिगो, सुरक्षित तथा गुणस्तरीय भौतिक पूर्वाधारको विकास गर्नु हो। यस कार्यालयले सडक, पुल तथा सार्वजनिक भवनहरूको योजना, निर्माण र व्यवस्थापनमार्फत जनताको दैनिकी सहज बनाउने, आर्थिक गतिविधि प्रवर्द्धन गर्ने र प्रदेश सरकारको संस्थागत क्षमता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।

प्रमुख काम तथा कर्तव्यहरू

१. सडक योजना तथा निर्माण

• प्रदेशभित्र आवश्यक विशेष सडकहरूको विस्तृत आयोजना प्रतिवेदन (DPR) तयारी तथा निर्माण कार्य।
• विद्यमान महत्वपूर्ण सडकहरूको मर्मत–सम्भार, स्तरोन्नति तथा विस्तार।

२. सडक पुल (Motorable Bridge) सम्बन्धी कार्य

• ठूला नदी तथा खोलामा लामो र जटिल प्रकृतिका पुलहरूको डिजाइन, निर्माण तथा मर्मत–सम्भार।
• विद्यमान पुलहरूको संरचनागत सुरक्षा मूल्याङ्कन तथा मर्मत कार्य।
• बेलिब्रिज निर्माण कार्य।
• Design and Build विधिबाट सडक पुल निर्माण।

३. प्रादेशिक भवन (Government Building) सम्बन्धी कार्य

• प्रादेशिक कार्यालय, अस्पताल, विद्यालय, प्रयोगशाला, आवास लगायतका सार्वजनिक भवनहरूको योजना, डिजाइन तथा निर्माण।
• पुराना भवनहरूको मर्मत, स्तरोन्नति तथा पुनःनिर्माण।

४. गुणस्तर नियन्त्रण (Quality Control)

• निर्माण कार्यमा प्राविधिक, इन्जिनियरिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना सुनिश्चित गर्ने।
• निर्माण सामग्री परीक्षण (Material Testing) प्रयोगशालाको सञ्चालन।

५. ठेक्का व्यवस्थापन (Contract Management)

• परामर्शदाता तथा ठेकेदार छनोट, ठेक्का सम्झौता तथा कार्यसम्पादन अनुगमन।
• समय, लागत र गुणस्तरबीच सन्तुलन कायम गर्ने।

६. थप कार्यहरू

• झोलुङ्गे पुलहरूको विस्तृत आयोजना प्रतिवेदन तयारी तथा प्राविधिक जाँच।
• संघ, प्रदेश तथा स्थानीय तहबाट निर्माण गरिने झोलुङ्गे पुलका लागि लठ्ठा तथा बुल्डग ग्रिप्सको भण्डारण व्यवस्थापन तथा वितरण।
• वातावरणीय अध्ययन प्रतिवेदन (EIA/IEE) तयारी सम्बन्धी कार्य।
• आवास, बस्ती विकास तथा शहरी विकाससम्बन्धी कार्यक्रम सञ्चालन।
• नयाँ प्रविधिहरूको अध्ययन, परीक्षण तथा अनुगमन।

७. अन्य कार्य

• मन्त्रालय तथा प्रदेश सरकारले अख्तियार प्रत्यायोजन गरेका अन्य कार्यहरू सम्पन्न गर्ने।


Last Updated : 2083-06-14 16:55:18

© All Rights Reserved to Road, Bridge and Provincial Building Office

Powered By: ProActive Developers